अर्थ व्यवसाय
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले भदौ २ गतेदेखि लागु हुने गरी अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
अधिकारी यसअघि नेपाल बैंकको सीईओ थिए । २०७६ असोज १५ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीको चारवर्षे कार्यकाल गत वर्षको असोज १४ गते सकिएको थियो ।
यो पनि पढ्नुहोस्
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ २०:२७
प्रतिक्रिया दिनुहोस्