site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारी बैंक सबल छन्, मर्जरमा गए ठूलो पनि बन्न सकिन्थ्यो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बैंकहरूको इतिहास भनेर चिनिने नेपाल बैंक लिमिटेड सरकारको ५१ प्रतिशत सेयर स्वामित्व भएको बैंक हो । बाँकी ४९ प्रतिशत सेयर पब्लिकको रहेको छ ।  एक समय कर्जा उठाउन नसकेर धरासायी अवस्थामा पुगेको बैंक अहिले नेपालमा सञ्चालित वाणिज्य बैंकहरू जस्तै नाफामा सञ्चालनमा छ । 

सर्वसाधारणमा सेयर जारी गरेपछि पनि लामो समय प्रतिफल दिन नसकेको यो बैंकले आर्थिक वर्ष २०७५/७६ सालदेखि प्रतिफल पनि दिन थालेको छ । 

बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले आफ्नो कार्यकालमा बैंकमा धेरै सुधार भएको बताउँछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनी २०७६ असोज १५ सीईओमा नियुक्त भएका थिए । उनको चारवर्षे कार्यकाल अगामी असोज १४ गते सकिँदै छ । कार्यकाल सकिनुअघि सीईओ अधिकारीसँग उनले गरेका काम, बैंकिङ क्षेत्रमा देखिएको अवस्थासहित समसामयिक विषयमा बाह्रखरीका बलराम बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश : 

वाणिज्य बैंकहरू मर्जरमा गएर आकार पनि ठूलो भएको छ । ठूला बैंकसँग प्रतिस्पर्धा गर्न अहिले बैंकहरूलाई पुँजी वृद्धि गर्नुपर्ने बाध्यता पनि छ । अब सरकारी बैंकहरू नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक पनि मर्जरमा जानुपर्छ भन्ने लागेको छैन ?

Royal Enfield Island Ad

नेपालमा ३/४ वर्ष अघिसम्म ३२ वटा वाणिज्य बैंक थिए । अहिले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरूको संख्या २१ वटामा झरिसकेको अवस्था छ । 

नेपाल राष्ट्र बैंकले एउटा सर्वेक्षण पनि गरेको थियो । नेपालमा १२ देखि १५ वटा वाणिज्य बैंक भए प्रयाप्त हुन्छ भन्ने एउटा रिपोर्ट पनि आएको छ । त्यो रिपोर्टको करणले पनि बैंक तथा वित्तीय संस्थाहरू परामर्शमा जानुपर्छ भन्ने एउटा मान्यता बन्दै आएको हो । 

नेपालको परिप्रेक्षमा जनसंख्या र बैंक तथा वित्तीय संस्थाहरूको संख्या हेर्दा थोरै जनसंख्यालाई एउटा बैंक तथा वित्तीय संस्थाको शाखा पर्ने देशमध्ये नेपाल पनि पर्छ ।  बैंक तथा वित्तीय संस्थाको संख्या थोरै भए भने कम एक्सिस हुन्छ भन्ने हैन । बैंकका शाखा कार्यालयहरू गाउँगाउँमा पुग्नुपर्छ । त्यही भएर ३२ वटा बैंकहरू मर्जर भएर अहिले २१ वटामा आइसकेका छन् । 

अहिले सरकारको स्वामित्व भएका तीन वटा बैंकहरू छन् । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेड । कृषि विकास बैंकको स्थापना हुनुमा नेपालमा कृषि क्षेत्रको सम्बद्र्धन र विकास गर्ने उद्देश्यका साथ भएको हो । 

यसको स्थापनको लक्ष्य नै फरका छ । तर, यो बैंकले अहिले वाणिज्य बैंकहरूकै काम गर्दै आएको छ । यता वाणिज्य बैंक र नेपाल बैंकले गर्ने कामको प्रकृति एउटै किसिमको रयो । आफ्ना यी तीनवटै बैंकहरूलाई राखिराख्नुपर्छ वा पर्दैन भन्ने अध्ययन त सरकारले गर्ने विषय सह्यो । हामीले बाहिरबाट हेर्दा सरकारी बैंकहरू तीनवटा नै राख्नुपर्छ भन्ने आवश्यकता छैन । 

sunilpradhan_interview_12khariphoto-1251688530006.jpg

सबै बैंकहरूले राष्ट्र बैंकबाट लाइसेन्स लिएर सञ्चालनमा आएका हुन् । तर, कृषि विकास बैंकको छुट्टै उद्देश्य भएकाले वाणिज्य बैंक र नेपाल बैंकको हकमा चाहिँ एकै खालको भएकोले मर्जर गर्नु उपयुक्त हुन्छ भन्ने अध्ययनले देखाएको कुरा हो । यसको लागि अर्थ मन्त्रालयले एउटा सानो कार्यदल गठन पनि गरेको थियो । 

त्यो कार्यदलले अहिलेसम्म काम भने गर्न सकेको छैन । मर्जरका कारण केही बैंकहरू ठूला भइसकेका छन् । विजनेसको हिसाबले पनि सरकारको बैंक सानो भएर बसिरहन पनि असहज होला । 

ठूलो बैंक हुँदा केही फाइदा पनि हुन्छन् । त्यो फाइदा लिन पनि सरकारले लिएको नीति अनुसार मर्जर आवश्यकता छ । नेपाल बैंक र वाणिज्य बैंक मर्जर भएभने सरकारी बैंकको आकार अहिलेका ठूला भनिएका बैंकको भन्दा ठूलो हुन्छ । 

ती बैंकलाई पनि अर्काे बैंकसँग मर्जर गर्न मोटिभेट हुन्छ । त्यही भएर पनि बैंकहरूको संख्या घटेर १२/१३ वटामा झर्छ ।  वाणिज्य बैंकमा पूर्ण स्वामित्व सरकारको छ भने नेपाल बैंकमा सरकारको ५१ प्रतिशत सरकारको स्वामित्व छ । बाँकी ४९ प्रतिशत पब्लिकको सेयर छ । 

मर्जरमा जानलाई हामीले पब्लिकबाट आएका प्रतिनिधिको पनि प्रतिक्रिया लिनुपर्ने हुन्छ । मर्जरमा जाने सन्दर्भमा पब्लिकबाट आएका सञ्चालकको पनि सकारात्मक प्रतिक्रिया रहेको छ । 

sunilpradhan_interview_12khariphoto-1241688530005.jpg

मर्जरमा नजाँदा सरकारी बैंकले कस्ता चुुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ ? 

मर्जरमा गइएन भने पनि सरकारी बैंकहरू सुदृढ नै छन् । तर, सरकारको बैंक सबैभन्दा ठूलो भन्ने अवस्था चाहिँ नआउन सक्छ । पुँजी वृद्धि ह्वात्तै बढाउन सक्ने अवस्था छैन ।  मर्जर भयो  भने टेक्नोलोजीमा ठूूलो खर्च गर्न सक्ने वातावरण हुन्छ । त्यो भनेको दुईवटा बैंकले छुट्टाछुट्टै गर्दा जति लाग्थ्यो, त्यसको ६० प्रतिशतले हुने अवस्था सृजना हुन्छ । 

प्रविधिमा बैंकको ठूलो लगानी छ । बैंकले गर्ने लगानीमा सिंगल एण्ड लिगर लिमिट भन्ने हुन्छ । 

कुनै पनि व्यावसायिक संस्थामा लगानी गर्ने क्षमता बैंकको पुँजीसँग जोडिएको हुन्छ । ठूलो बैंकको क्यापिटल ठूलो हुन्छ । ठूला–ठूला अयोजनामा लगानी गर्न सकिन्छ । अहिले पनि ठूला आयोजनामा लगानी ३/४ वटा बैंकहरू मिलेर गरिरहेका छौं । 

तर, ठूलो बैंक भए रिस्क बहन गर्ने क्षमता पनि हुन्छ । रिस्क बहन गर्ने क्षमता बढेपछि व्यवसायीलाई पनि सहज हुन्छ । त्यस हिसाबले पनि मर्जर हुँदा फाइदा हुन्छ । मर्जर भएपछि एकै ठाउँमा भएका शाखालाई बैंक नपुगेका स्थानमा पुर्‍याउन सक्छौं । अन्य स्थानीय तहमा फैलाउन सक्छौं । दुई बैंक मर्जर हुँदाका फाइदा धेरै छन् । 

sunilpradhan_interview_12khariphoto-1231688530005.jpg

नेपाल बैंकको सीईओको तपाईंको कार्यकाल पनि सकिन अब तीन महिना बाँकी छ । कार्यकाल सकिँदै गर्दा आफूले जुन उद्देश्यले सीईओ हुनु भएको थियो त्यो उद्देश्य अनुरुप काम गरे जस्तो लाग्छ ? कि सुधार गर्न अझै बाँकी छ जस्तो लाग्छ ? 

मैले अहिलेसम्म नेपाल बैंकमा १८ वर्ष सेवा गरिसकेको छुु । प्रारम्भ २०६१ सालमा भएको हो । विभिन्न तहमा रहेर मैले सेवा गरेको छु । त्यसै क्रममा २०७६ साल असोज १५ गते प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तहमा मेरो नियुक्ति भयो । 

हुन त त्योभन्दा अगाडि ६ महिना कार्यवाहक सीईओ भएर पनि काम गरें । मैले सीईओ हुँदा बैंकको व्यवसायलाई जुन ठाउँमा पुर्‍याउँछु भनेर लक्ष्य राखेको थिएँ, अहिले लक्ष्य पूरा भएको छ । व्यवसायहरू विस्तार गर्नुका साथै व्यवसाय डबल पुग्नेछ भनेको थिए । अहिले डबलभन्दा माथि पुगेको अवस्था छ । 

चार वर्षअगाडि ९९ अर्ब रुपैयाँको डिपोजिट थियो । आजको दिनसम्म डिपोजिट दुई खर्ब ४० अर्ब पुगेको अवस्था छ ।  

त्यतिखेर ७८ अर्बको कर्जा लगानी थियो । अहिले एक खर्ब ८५ अर्ब भएको छ । औसतमा थप २५ वटा शाखा सञ्चालनमा ल्याइएको छ । कर्मचारीलाई दक्ष बनाइएको छ । धेरै प्रोसेसलाई डिजिटलाइज गरेका छौं । अनलाइन बेसिसले गर्दा सेवा छिटो भएको छ । अहिलेको सिस्टमलाई बजारअनुसारको नभएको जस्तो लागेर हामीले त्यसमा लगानी गरिरहेका छौं । 

sunilpradhan_interview_12khariphoto-1211688530003.jpg

पछिल्लो चार वर्षमा कर्मचारीको आचरणको सुधारदेखि ग्राहकको विश्वास बढाउन पनि हामीले काम गरेका छौं । सेयरधनीलाई २३ वर्षदेखि प्रतिफल नदिएको अवस्था थियो । यही चार वर्षको अवधिमा बैंकले मार्केटको एभरेजभन्दा बेटर प्रतिफल दिएको अवस्था छ । 

यसले सेयरधनीको विश्वास बढिरहेको छ । हामीले एउटा वाणिज्य बैंकले वर्षभरीमा जे गर्छ, त्यो भन्दा राम्रो गरिरहेका छौं । अहिले बैंक स्वच्छ, सक्षम, सुदृढ र सवल छ । नेपाल बैंकको इतिहास ८६ वर्षको छ । यसको इतिहास नै छुट्टै खालको छ । 

राष्ट्र बैंकलाई जन्माउने नेपाल बैंक नै हो । नेपाल बैंकका कर्मचारी काजमा गएर राष्ट्र बैंक स्थापना गरेका हुन् । वाणिज्य बैंक र कृषि विकास बैंक जन्माउने पनि नेपाल बैंक नै हो । नेपाल बैंकको छुट्टै इतिहास छ । 

नेपाल बैंकका विभिन्न कालखण्डहरू छन् । सुरुका ४÷५ दशक त एक छत्र नै शासन गरेको हो । त्यसलाई गोल्डेन पिरियड मानिन्छ । बीचको २०४६ देखि २०५८ सालसम्म बैंक बिग्रियो । त्यो समयमा १०० रुपैयाँ लोनमा ६० रुपैयाँ खराब कर्जा थियो । त्यो समयमा तीन अर्ब लसमा हुन्थ्यो । ३८ करोड पुँजी भएको बैंक थियो । १० अर्ब रुपैयाँ नेगेटिभ नेटवर्थ थियो । 

२०५८ सालमा सरकारले वित्तीय क्षेत्र योजना ल्याएर बैंकलाई रिभाइब गर्‍यो । २०५८ देखि २०६३ सम्मको अवधिमा तीनजना विदेशी सीईओहरूले लगातार काम गरे ।  उनीहरूले बैंकलाई स्टिम ल्यान्डिङ गरेर लिएर गए । तर, नेपाल बैंकको इतिहासमा १० जना विदेशी सीईओहरूले काम गरेका छन् । २०५८ भन्दा पहिले ७ जना विदेशी सीईओले काम गरिसकेका थिए । 

sunilpradhan_interview_12khariphoto-1221688530003.jpg

२०६३ पछि राष्ट्र बैंकले लियो र थप अरू ८ वर्ष काम गर्‍यो । एउटा लयमा ल्याइसकेपछि अहिले बैंकको सञ्चालक समितिले नियुक्त गरेको सीईओबाट बैंक सञ्चालन भइरहेको छ ।  २०५८ सालदेखि २०७३ सालसम्म जुन किसिमको रिफर्म भएको छ, रिफर्म पिरियडमा पनि आन्तरिक व्यवस्थापनमा सुदृढ भयो । 

व्यवसायमा त्यति वृद्धि हुन सकेन । अहिले नेपाल बैंक बजारका प्रतिस्पर्धी बैंकहरू मध्येकै एक हो । हामीले डिपोजिट र लोनमा अन्य बैंकभन्दा कम गरेका छैनौं । मैले यो बैंकमा काम गर्दा आफ्नो क्षमताले भ्याएसम्म गरेको छुु । बिहान ८ बजे घर छोडेर हिँडेपछि बेलुका ७/८ बजेसम्म बैंककै काम गर्ने हो ।  मेरो कार्यकालमा यही क्रम जारी रहनेछ । 

पछिल्लो एक/डेढ वर्षदेखि बैंकिङ क्षेत्र एकदमै दबाबमा देखियो । समयमा कर्जा नउठ्ने समस्या पनि व्यापक देखियो । वित्तीय क्षेत्रको पछिल्लो अवस्थालाई कसरी हेर्नुभएको छ ? 

आर्थिक क्षेत्र चाहिँ २०७२ सालदेखिकै कुरा गर्दा भूकम्प, कोभिड तथा रसिया–युक्रेन युद्धले गर्दा प्रभावित भयो । त्यसैले गर्दा पनि राम्रोसँग आर्थिक क्षेत्र फैलन सकेन । कोभिडपछि बैंकिङ च्यानलमा धेरै पैसा आयो । त्यो समयमा कर्जाको ग्रोथ पनि राम्रै भयो । किनभने ब्याजदरपछि घट्ने क्रम चल्यो । 

तर, गत वर्षको अन्तिमसम्म तरलता अभावको फेस बैंकहरूले गरे । बैकिङ सिस्टममा आउने पैसा भन्दा बाहिरिने बढी भयो । युक्रेन–रसिया युद्धले गर्दा कच्चा पदार्थको अभाव भयो । तेलको अभाव भयो । मान्छेको क्रयशक्ति खुम्चियो । व्यावसायीको सेल्स घट्ने, सेल्स भइहाल्यो भने पनि त्यसको कलेक्सनस घट्ने । जस्ता चक्र चल्यो र त्यसको असर बैंकिङ क्षेत्रमा पनि आयो । किन भने खराब कर्जा (एनपीए)को लेबल बढ्यो । गत असारको भन्दा अहिले एनपीए बढेको छ । 

राष्ट्र बैंकका नीतिले गर्दा पनि अर्थतन्त्रलाई जोगाउन सहयोग गरेको छ । 

sunilpradhan_interview_12khariphoto-1191688530002.jpg

नियामक निकायले अनुदार नीति लिएकाले उद्योगी व्यवसायीहरू समस्यामा पर्‍यौं भन्छन् । चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले पनि समस्या निम्तियो भन्छन् । साँच्चिकै नियामकले अर्थतन्त्रलाई समस्या पर्ने गरी नीति लागु गरेको जस्तो लाग्छ ? 

चालु पुँजी कर्जालाई २०८२ सम्म समय दिइएको छ । अहिले मिस म्याच देखियो भने त्यो मिस म्याचलाई हामीले समय दिएका छौं । तर, किस्ता त तिर्नुपर्छ । त्यो समस्या आउन सक्छ । चालु पुँजी कर्जासम्बन्धी जुन व्यवस्था गरियो यो ढिलोचाँडो गर्नुपर्ने थियो ।

नत्र भने एउटा प्रयोजनका लागि भनेर कर्जा लिएर जाने अनि अर्काे प्रयोजनमा प्रयोग गर्ने प्रवृति बढेको थियो । यो उचित हैन । त्यसैका लागि यो नीति हो । समय पनि दिएको छ । व्यवसायीहरूबाट बाहिर जुन किसिमको प्रचार भएको छ । यो सबै भन्नका लागि मात्र हो । राष्ट्र बैंकको नीति ठिक छ । 

अहिले बैंकहरूमा तरलता सहज छ । तर, कर्जा माग छैन । यस्तो अवस्था कसरी भयो ? 

अहिले बैंकमा तरलता सहज छ । अहिले औसतमा ८३/८४ को अनुपातमा सीडी रेसियो छ । अहिलेको अवस्थामा आइपुग्दा बैंकको ब्याजदर घट्ने क्रममा छ । अब विस्तारै घट्दै पनि जान्छ । बैंकहरूको कष्ट अफ फण्ड घट्दै जान्छ ।

बैंकको कष्ट अफ फण्ड सुधार भएपछि बेसरेट घट्छ । बेसरेट कम भएपछि कर्जाका ग्राहकलाई त्यही कम ट्रान्सफर हुन्छ । अहिले पो यो अवस्था आयो त । यसभन्दा पहिले छ । एभरेज बेसरेट नै ११ प्रतिशतसम्म पुगेको थियो । यसरी महँगो बेलामा कर्जा माग हुँदैन । त्यो स्वाभाविक हो ।

महँगो बेलामा कर्जा लिएर महँगो हुने र सस्तो बेला कर्जा लिएर सधैँभरी सस्तो हुने त हैन । हुन त स्थिर ब्याजदर कर्जा पनि हुुन्छ । तर, नेपालमा यस्तो खालको कर्जा मागमा छैन । अहिले बढेको बेलामा कर्जा लियो भने भोलि घटेको बेलाकै ब्याजदर लाग्छ । घटेको बेलामा कर्जा लिइहालौं सधैँभरी यही हुन्छ भन्ने पनि हुँदैन । 

sunilpradhan_interview_12khariphoto-1181688530002.jpg
बैंकका पैसा थुपारेर बस्नु भन्दा त उद्योगीलाई सस्तो ब्याजमा कर्जा लगानी गर्न पनि त सकिन्थ्यो होला नि ?

नेपाल राष्ट्र बैंकले एउटा स्प्रेडदर रोकिदिएको छ । त्यही स्प्रेडमा रहेर बैंकले लोन दिने गरेका छन् । अहिले व्यावसायिक क्षेत्र त्यति उत्साहित भएको अवस्था हैन । नयाँ व्यवसायीहरू आएको अवस्था छैन । नयाँ मागहरू सिर्जना भएको छैन । व्यवसायिक प्रपोजल बैंकहरूलाई उचित लाग्यो भने ब्याजदर कमीमा पनि जान सक्ला । तर, तरलता प्रयाप्त छ भनेर जस्तोसुकै प्रपोजलमा दिनु पनि त भएन नि । कर्जा सुरक्षाको कुरा पनि हेर्नुपर्छ । 

अहिले पनि केही क्षेत्रहरू शिथिलनै छ । निर्माण क्षेत्रले गति लिन सकेको अवस्था छैन । जब निर्माण क्षेत्र शिथिल हुँदोरैछ, अन्य आर्थिक क्रियाकलापमा पनि शिथिलता आउने देखियो । माग कम भएको कारणले गर्दाखेरी अहिलेको अवस्था सिर्जना भएको हो । बैंकले जोखिम हेरेर लगानी गर्ने हो । 

बैंकहरूले क्षेत्रअनुसार फरक ब्याजदर लगाएका छन् । राष्ट्र बैंकले लगाएको क्यापिङ भनेको स्प्रेडमा हो । पहिलेको तुलनामा प्रिमियम पनि घटेको छ । व्यवसायीले कुन विजनेस गर्न लोन लिने हो ? त्यसमा भर पर्छ । 

तस्बिर– सुनील प्रधान

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro