site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
राष्ट्रिय साइबर सुरक्षालाई बलियो र दिगो बनाउनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । नेपालमा राष्ट्रिय साइबर सुरक्षालाई बलियो बनाउन महत्त्वपूर्ण काम गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल (एनपीसीईआरटी)ले आयोजना गरेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० सम्बन्धी कार्यक्रममा सहभागीले जोड दिएका हुन् ।

एनपीसीईआरटीले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोवेसन (सीएसआरआई) र टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीको सहकार्यमा परामर्श कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा एनपीसीईआरटीका अध्यक्ष चिरन्जीवी अधिकारीले डिजिटल पूर्वाधारलाई सुदृढ गरी साइबर खतराबाट जोगाउन र देशका डिजिटल सम्पत्तिलाई दिगो बनाउन राष्ट्रिय साइबर सुरक्षा महत्त्वपूर्ण रहेको बताए ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा पूर्वडीआईजी डा. राजीव सुब्बाले आगामी पुस्ताका साइबर सुरक्षा विशेषज्ञलाई तयार पार्न सीप विकासमा केन्द्रित शैक्षिक कार्यक्रम आवश्यक रहेको बताए ।

फिनटेक विशेषज्ञ गणेश घिमिरेले अन्तर्राष्ट्रिय वित्तीय लेनदेनमा रहेका साइबर सुरक्षा कमजोरीलाई ध्यानमा राख्दै यसलाई सुरक्षित बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा इनफो डेवलपर्सका रेशम भण्डारीले ग्रासरुट लेभलमा साइबर साक्षरताको आवश्यकता रहेको बताए ।

उनले सामान्य जनसंख्यामा साइबर खतराको बारेमा चेतना र बुझाइ वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा शरद चन्द्र प्याकुरेलले अहिलेका अनुकूल नीति हुँदाहुँदै पनि कार्यान्वयन नभइरहेको बताए ।

यस्तै, वीरेन्द्र सिंह धामीले नेपालमा साइबर अपराध रोकथामका लागि प्रभावकारी कानुनी संरचनाको आवश्यकता रहेको बताए ।

एनपीसीईआरटीले नेपालमा साइबर सुरक्षा सुधार गर्न उद्योग, शैक्षिक क्षेत्र र सार्वजनिक क्षेत्रभर सुरक्षा सचेतनाको प्रवर्द्धन गर्दै आएको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro