राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँदैछन् भन्ने हल्लामात्रै भएको बताएका छन् ।
पार्टी कार्यालयमा जारी स्थायी कमिटी बैठकपछि संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
“यो सरकारका बारेमा मैले संसद्मै बोल्ने तयारी गरेको छु,” उनले भने, “पछिल्ला दिनमा पार्टी फुट्छ भन्ने भ्रम पनि चिरिएको छ । प्रभाकरले पार्टी फुटाउँछन् भन्ने माहोल बनेको छ, त्यो गलत हो । नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसक्यो ।”
उनले टीआरसी पीडितमैत्री बनेको उल्लेख पनि गरे ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ १६:४३
प्रतिक्रिया दिनुहोस्