site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनताका गुनासो सुन्न कोसीमा ‘हेल्लो सीएम’
मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

विराटनगर । कोसी प्रदेश सरकारले जनताका गुनासो सुन्न बिहीबारदेखि ‘हेल्लो सीएम’ सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सीएम सेवाको सुरुआत गरेका हुन् । 

२४ सै घण्टा जनताका गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सुशासन ऐन, २०७६ अनुसार हेल्लो सीएम सुरु गरिएको र यसबाट  शासकीय सुधारमा सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे ।  “सरकारका विभिन्न सेवा र निकायका काम–कारबाहीलाई प्रभावकारी बनाउन कार्यक्रम महत्त्वपूर्ण हुनेछ,” उनले भने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सीएम सञ्चालनमा ल्याइएको बताइएको छ । कोसी प्रदेश सरकारसँगका गुनासो वा अरू सहयोगका निम्ति टोल फ्री नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro