site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागु गरौँ : सांसद शेर्पा

काठमाडौं । राष्ट्रियसभामा नेकपा (एमाले)का सांसद सोनाम ग्याल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागु गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभा उनले यस्तो बताएका हुन् ।

देशमा राष्ट्रिय परिचयपत्रका बारेमा धेरै प्रश्न उठाइने गरेको उनले उल्लेख गरे । उनले सरकारबाट गल्ती, कमजोरी भएको भए त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

राष्ट्रिय परिचयपत्र लागु गर्दा निश्चित समय तोकिनुपर्नेमा उनले जोड दिए । उनले सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता पनि राष्ट्रिय परिचयपत्र लागु भएपछि कम हुँदै गएको बताए । राष्ट्रिय परिचयपत्र लागु गराउन सबैले पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

सांसद शेर्पाले संविधान संशोधन एउटा प्रक्रियाबाट हुने बताए । उनले शासकले विधिको शासन चलाउनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro