site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीलाई कांग्रेस सांसद भट्टको जवाफ : देश रहरमा चल्दैन
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताएका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

नेकपा (माओवादी केन्द्र)का सांसदको सवालमा जवाफ दिँदै उनले देश कसैको रहरमा नभइ कानुन र विधिअनुसार चल्ने बताए । संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गरे । देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरू सबैको उद्देश्य द जनताको सेवा गर्ने हुनुपर्ने बताए । विपद्मा परेकाहरूको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

"हामी धङधङीमा छौँ । सरकार गयो, किन गयो, कसका कारणले गयो । म विनम्रताकासाथ अनुरोध गर्न चाहन्छु । त्यसको कारक कांग्रेस नै हो । कि हामी पनि हौँ । यो देश रहरमा चल्छ ? आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरू जो जहाँ भए पनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र ? हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने । बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने । आज देशमा विपत्ति छ, बाढी, पहिरो छ । ती जनताको व्यवस्था, अवस्था, बस्ने बसाइँ, खानेकुरामा यो सरकारको ध्यान जाओस्," उनले भने ।

सांसद भट्टले विपत्तिमा परेकाहरूलाई सरकारले छिटोभन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu