site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमालेलाई माओवादी सांसदको कटाक्ष– दुई पार्टी मिलेर देश कब्जा गर्नोस् !

काठमाडौं । राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर आउँदो निर्वाचनमा जान सुझाव दिएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

नेपालमा हाल झन्डै दुईतिहाइको सरकार रहेको उनले उल्लेख गरे । ०८४ मा पनि दुई पार्टी मिलेर निर्वाचन जितेर देश कब्जा गर्न भन्दै उनले कटाक्ष गरे । उनले अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे पनि सोच्न आग्रह गरे ।

संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न उनले सुझाव दिए । उनले पूर्ण समानुपातिक प्रणालीमा जान आग्रह गरे । समाजानुसारको संसद्को बनावट हुनुपर्ने उनले बताए ।

राष्ट्रियसभा बैठकमा सांसद झक्कु सुवेदीको भनाइ पढ्नोस्–
नेपालमा अहिले करिब दुईतिहाइको सरकार छ । पहिलो पार्टी र दोस्रो ठूलो पार्टी सरकारमा छन् । दोस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तर, यो सरकारले के भन्छ भने विगतका सरकार अस्थिर भए, स्थिरताका लागि यो सरकार बनाएका हौँ, पहिलो र दोस्रो पार्टी मिलेर भनेको छ । म आग्रह गर्न चाहन्छु– किन पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनुहुन्छ, तपाईंहरू अर्को २०८४ को चुनावमा पनि दुईवटा पार्टी मिलेर जानुस् । त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने कांग्रेस एक नम्बर भएकाले कांग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशूल गर्नुस् । सबै देश कब्जा गर्नुस् । तपाईंहरूलाई थाहा छ नि, श्रीलंकाका राजपाक्षेले पनि देश त्यसै गरेर कब्जा गरेका थिए । उनको हालत आज के भइरहेको छ । शेख हसिनाको बारेमा सबै जानकार नै हुनुहुन्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro