site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२, कोटेश्वरमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरूका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । 

ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोकको नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी र ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल र फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङ पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले आज जानकारी दिएको हो । 

प्रहरीले उनीहरूका साथबाट लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल र स्कुटर एक/एक थान, नगद ५५ हजार २००, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान र पर्स एक थान बरामद गरेको छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro