site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बुधबार बसेको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

शाहले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ जनाले मतदान गरे । उनलाई नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११, नागरिक उन्मुक्ति पार्टीका सात गरेर ३६ जना सांसदले विश्वासको मत दिए ।

नेकपा (माओवादी केन्द्र)का  र नेकपा (एकीकृत समाजवादी)का ४/४ जना गरी आठजना प्रदेशसभा उनको विपक्षमा मतदान गरे ।

स्वतन्त्र सांसद ताराप्रसाद जोशी तटस्थ बसे । बैठकमा ४५ सांसद उपस्थित थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro