राजनीति
काठमाडौं । संघीय संसद्काे दुई संयुक्त समितिको सभापतिका लागि उमेदवारी दर्ता भएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरेको उमेदवारी परेको छ ।
त्यस्तै, संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उमेदवारी परेको हो । दुवै समितिको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूची सभापति निर्वाचनको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१ १८:५१
प्रतिक्रिया दिनुहोस्