site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषाको प्रश्न– सौगात र प्रदीपमा ‘पिताम्बर’ को हो ?

काठमाडौं । स्टार कलाकारहरूलाई लिएर निर्देशक कृषा चौलागाईंले चलचित्र ‘पिताम्बर’ निर्देशन गर्दैछिन् । उनको चलचित्रमा प्रदीप खड्का, सौगात मल्ललगायत कलाकारको अभिनय छ । 

यी दुईमध्य को यो सिनेमाको प्रमुख पात्र हो भन्ने निर्माणपक्षले आजसम्म खुलाएको छैन । दोस्रो चरणको छायांकनमा जाने तयारी भइरहेका बेला निर्देशक चौलागाईंले प्रदीप र सौगातसँगको तस्बिर सार्वजनिक गरेकी छन् । 

तस्बिर सार्वजनिक गर्दै उनले ‘पिताम्बर’ को हो ? भन्दै प्रश्न गरेकी छन् । यद्यपि, उनले चलचित्र ‘पिताम्बर’को मुख्य पात्र अर्थात् ‘पिताम्बर’ को हो प्रष्ट भने पारेकी छैनन् । 

भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जान लागेको यो चलचित्रको अहिले वर्कसप भइरहेको छ ।

बलियो लाइनअप रहेको चलचित्रमा सौगात र प्रदीपसँगै आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतको कलाकारको अभिनय रहनेछ । 

‘पिताम्बर’को पहिलो चरणको छायांकन नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै भएको थियो । 

अभिनेता प्रदीप खड्का र सौगात मल्ल सिनेमामो दोस्रो सेड्युलमा जोडिएका छन् । सिनेमामा प्रदीप एक्सन भूमिकामा देखिनेछन् ।

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रको निर्माता विशाल चौलागाईं हुन् ।

प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रको लगानी ५ करोड रहने बताइएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro