site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुकुलको प्रश्न– विजयोत्सवमा मात्रै सामेल हुने कि षडयन्त्रविरुद्ध मिलेर अघि बढ्ने ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री मुकुल ढकालले षडयन्त्र र जालझेलविरुद्ध एक हुने कि विजयोत्सवमा मात्र सामेल हुने भन्दै प्रश्न गरेका छन् । 

सामाजिक सञ्जाल एक्समा रास्वपाका नेता तथा कार्यकर्तातर्फ लक्षित गर्दै उनले षडयन्त्र र जालझेल चिर्दै गन्तव्यतर्फका पाइला सँगै अघि बढाउने कि विजय उत्सवमा मात्रै सहभागी हुने भन्दै प्रश्न गरेका हुन् । उनले एउटा देशभक्त अघि बढ्न खोज्दा एक्लै हुने गरेको र जाने र नजानेर थुप्रैले उसको विरोध गर्ने गरेको उल्लेख गरेका छन् ।
 
“एउटा देशभक्त जब देशका लागि लड्न थाल्छ, त्यतिबेला ऊ एक्लो हुन्छ । एक्लो भए ही न ऊ निडर हुन्छ, अनि अटल रही आफ्ना पाइलाहरू गन्तव्यतर्फ अघि सार्छ,” ढकालले लेखेका छन्, “त्यतिबेला उसका विरोधमा जानेर, नजानेर सारा सागर उसको विरूद्धमा पल्टिन थाल्छ, । तर जब ऊ सफल हुन्छ, जस्तै काँतर पनि विजय उत्सवमा सामेल हुन्छन् ।” 

उनले रास्वपाका नेता कार्यकर्तालाई संबोधन नगरी विजयोत्सवमा मात्र सामेल हुने कि षडयन्त्र र जालझेल चिर्न पनि एक हुने भन्दै प्रश्न गरेका छन् । “अब प्रश्न तपाईंसँग, सिधा विजय उत्सवमा सामेल हुने वा षड्यन्त्र र जालझेललाई चिर्दै गन्तव्यतर्फ आफ्ना पाइलाहरू सँगै अघि बढाउने ?,” मुकुलले भनेका छन् ।

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro