अर्थ व्यवसाय

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेर कारोबार भएको छ । छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१ १०:५८
प्रतिक्रिया दिनुहोस्