site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सर्जकहरू सम्मानित 

काठमाडौं । साहित्यिक पत्रकार संघले ५३औँ स्थापना दिवसको अवसर पारेर अग्रज साहित्यिक साधक तथा कलाकारलाई अभिनन्दन, सम्मानित तथा पुरस्कृत गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सापस विशिष्ट सर्जक सम्मान तेजेश्वरबाबु ग्वङ्ग, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, रामबाबु सुवेदी, डा.दुबसु क्षेत्री र वसुन्धरा भुसाललाई प्रदान गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै संघले मणि लोहनीलाई व्यथित काव्य सम्मान, सुरेन उप्रेतीलाई व्यथित काव्य डायस्पोरा सम्मान तथा साहित्यकारहरू देवीभक्त श्रेष्ठ, सविता श्रेष्ठ ‘बेहोसी’, बाबुराम श्रेष्ठलाई सम्मानित गर्‍यो । 

संघले लीलादेवी श्रेष्ठलाई १० हजार नगद राशिसहित लोकप्रिया पुरस्कार प्रदान गर्‍यो । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्