कला
काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’मा अभिनेता आशिफ शाह अनुबन्धित भएका छन् । सिमोस सुनुवारले निर्देशन गर्ने यो चलचित्रमा यसअघि नै मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भइसकेका छन् ।
चलचित्रको छायांकन तिहारपछि गर्ने तयारी रहेको निर्माणपक्षले जनाएको छ ।
चलचित्रको मुख्य अभिनेत्रीलगायत केही कलाकारका लागि अडिसन आह्वान गरिएको छ ।
चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुनेछ ।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१ ०६:२७
प्रतिक्रिया दिनुहोस्