site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हवाई दुर्घटनाबारे छलफल गर्न सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले हवाई दुर्घटनाबारे सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । 

रास्वपाकी सांसद सोविता गौतम प्रस्तावक रहेको प्र्रस्ताव मंगलबार संसद् सचिवालयमा दर्ता भएको हो । रास्वपाले नेपालमा बारम्बार भइरहेका हवाई दुर्घटना न्यूनीकरणका उपायहरूबारे छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । 

हवाइ दुर्घटना दोहोरिइरहने तर नियामक निकाय र हवाई सेवा प्रदायकलाई जिम्मेवार बनाउन नसकिएको गौतमको भनाइ छ । त्यस्तो अवस्थालाई परिवर्तन गरी निकायका सम्बन्धित अधिकारीहरूलाई जिम्मेवार बनाउनुपर्ने प्रस्तावमा जनाइएको छ ।

हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर, प्रतिवेदनले औंल्याएका सुझाव कार्यान्वयन निरन्तर नहुने अवस्थाको अन्त्य गर्न छलफल गर्नुपर्ने माग प्रस्तावमा राखिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro