site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले प्रतिवेदनसहित संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गरेको छ । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको हो ।

समितिका सभापति विमला सुवेदीले प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन् । यो विधेयक शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सदनमा ल्याइएको हो ।

यस्तै, बैठकमा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पनि पेस भएको छ । समितिका सभापति दिपकबहादुर सिंहले प्रतिवेदन पेस गरेका हुन् ।

साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको वार्षिक प्रतिवेदन, २०८१ पनि सदनमा पेस गरे ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro