site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश यसरी चलाउने हो ? प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित‚ राष्ट्रियसभा पूर्ण समानुपातिक हुँदैन : गगन थापा 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधन गरेर प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभा पूर्ण समानूपातिक बनाउने हल्ला सत्य नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई अझ बलियो र धेरै समावेशी बनाइने उल्लेख गरे । संशोधन गरेर पछाडि फर्कने र ०४७ कै संविधानतिर लैजाने बहस गलत भएको भनाइ उनको थियो ।

“६३ को अहिलेको संविधानबाट पछि फर्कन सक्दैनौँ, चाहँदैनौँ । दलित‚ थारु, महिला कसैले निकाल्न सक्छ ? हटाउन सक्छ ? कसैले सक्दैन‚” उनले भने‚ “तर, थप्न मिल्छ कि मिल्दैन ? सरकार बनाउँदा दलित महिला छुटाउँछौँ, यतिसम्म गर्छौँ कि गठबन्धन गरेर राष्ट्रपति, उपराष्ट्रपति, गाउँपालिका प्रमख, उप्रमुख पुरुष बनाउँछौँ ।”

उनले ‘जम्बो’ संसद्को आकार घटाइने र बढी समावेशी, समानुपातिक बनाइने भन्दै थपे‚“यसरी नै प्रदेश चलाउने हो ? यस्तै संघीयता राख्ने हो ?”

उनले अगाडि भने, “निर्वाचन प्रणाली बदल्छौँ, राम्रो बनाउँछौँ । कसैकसैले भन्छन्– तलको हाउस प्रत्यक्ष निर्वाचित गर्ने, माथि समानुपातिक मिल्छ मिल्दैन, कसैले चाहेर हुँदैन । तलको हाउसलाई योभन्दा समावेशी बनाउँछौँ । एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने गरी बनाउँछौँ ।”

आफू सरकार बनाउने प्रयासमा नलागे पनि वर्तमान गठबन्धन ठिक भएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro