site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्व्होलासोथार गाउँपालिकामा आज सार्वजनिक बिदा

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिममा सांस्कृतिक पर्वको रूपमा मनाउने ट्होटे पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । 

गत शनिबार बसेको कार्यपालिकाको बैठकले आज ट्होटे पर्व मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । उनकाअनुसार गाउँ कार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तर्गतका वडा कार्यालय, सामुदायिक तथा संस्थागत शैक्षिक संस्था, बैंक, वित्तीय संस्था, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था र अन्य संघ संस्थामा स्थानीय बिदा दिइएको उनको भनाइ छ ।

ट्होटे पर्व मनाउने गुरुङ समुदायलाई गाउँपालिकाले शुभकामनासमेत व्यक्त गरेको छ । पालिकामा गुरुङ समुदायको बाहुल्यता छ । जिल्लाका गुरुङ समुदायले ट्होटे पर्व धुमधामका साथ मनाइरहेका छन् । रासस

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro