site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
समन्वयबिनै प्राधिकरणले अप्टिकल फाइबर काटेपछि अवरुद्ध बनेको थियो एनसेलको सेवा

काठमाडौं । समन्वय नै नगरेर नेपाल विद्युत् प्राधिकरणले अप्टिकल फाइबर काटिदिएपछि सोमबार आफ्नो नेटवर्कमा समस्या आएको एनसेनले बताएको छ ।

प्राधिकरणले समन्वय नै नगरी बिजुलीको पोल सार्ने क्रममा अप्टिकल फाइबर काटिदिएपछि एनसेलको सेवा ठप्प बनेको स्रोत बताउँछ ।

एनसेलले सेवा रोकिएको करिब एक घण्टाभित्रै सेवा पुनः सञ्चालनमा ल्याएको बताएको छ । 

स्रोतका अनुसार प्राधिकरणले पोल सार्ने क्रममा पोखरा र दमौली जोड्ने एनसेलको मुख्य अप्टिकल फाइबर चुडिँदा समस्या आएको हो । 

मुख्य अप्टिकल फाइबरमात्रै नभएर विकल्पको रूपमा काम गर्ने अप्टिकल फाइबर पनि सडकमा कल्भर्ट बनाउने क्रममा चुडिएको थियो । यसरी दुवै अप्टिकल फाइबर लाइन चुडिँदा नेटवर्कमा समस्या आएको एनसेलले जनाएको छ ।

नेटवर्कमा समस्या आएपछि एनसेलका ग्राहकले कल गर्न, डेटा सेवा चलाउन र एसएमएस पनि पठाउन सकेका थिएनन् । 

यसअघि पनि एनसेल र नेपाल टेलिकमका अप्टिकल फाइबरहरू पटकपटक काटिएर वा चुडिएर सेवा अवरुद्ध भएका थिए ।

इन्टरनेट, फोन कल र म्यासेजजस्ता महत्त्वपूर्ण दूरसञ्चार सेवा अवरुद्ध हुने अवस्थालाई ध्यान नदिएर लापरबाहीपूर्ण तरिकाले काम गर्नु अनुचित भएको सरोकारवालाहरू बताउँछन् ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro