site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमा सुधारको अपनत्व पार्टीले लिन मन्त्री पौडेलको आग्रह
फाइल तस्बिर ।

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन् । 

कांग्रेस केन्द्रीय समितिको बैठकमा सोमबार बोल्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् । आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बिमाको दायरा पाँच लाख पुर्‍याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि स्रोत सुनिश्चिततासमेत गर्न सकिने उल्लेख गरे । 

Argakhachi Cement Island Ad

उनले ४० अर्ब हाराहारीमा बिमाका लागि स्रोत जुटाउन सकिने भन्दै पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउन निर्णय गरिदिन केन्द्रीय समितिसमक्ष आग्रह गरे ।

मन्त्री पौडेलले भने, “मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजनाअनुसारको बिमा सुधार योजना कार्यान्वयन गर्ने सन्दर्भमा पार्टीले समेत निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु ।“

बैठकमा मन्त्री पौडेलले नेतृ चित्रलेखा यादवले उठाएको क्यान्सरको औषधि महँगो भएको विषयको जवाफ दिँदै यी लगायत बढी मूल्य परेका औषधिको मूल्य समायोजन गर्नकै लागि कार्ययोजनामा मूल्य समायोजनको कुरा समेत ल्याएको बताए । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्