site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टीआरसी विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिँदै 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्नेगरी तयार भएको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक दफाबार छलफलपश्चात् प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिने भएको छ । विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुनेछ । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ कानुन, न्याय तथा मानवअधिकार समितिमा दफाबार छलफल भएको थियो । लामो समयको रस्साकस्सीपश्चात् साउन २४ गते बिहीबार समितिबाट प्रतिवेदनसहित पास भएको थियो । 

सोही विधेयकलाई मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ । 

१० वर्षे माओवादी युद्ध र त्यसपश्चात् भएको शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाको कामलाई फत्ते गर्न यो विधेयक ल्याइएको हो ।

samsad-1723461850.png
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro