देश
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरूले प्रदर्शन गरेका छन् ।
घिसिङकै कारण मुलुकको विद्युत् क्षेत्र बलियो भएको भन्दै युवाहरूले उनको समर्थनमा प्रदर्शन गरेका हुन् । उनीहरूले ठूला उद्योगीहरूलाई विद्युत्को बक्यौता छुट दिन नहुने माग गरेका छन् ।
उनीहरूले बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुन घिसिङलाई आग्रह गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले '२२ अर्ब विद्युत् बक्यौता रकम असुल गर, विद्युत् प्राधिकरणभित्रको चलखेल बन्द गर'लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यसअघि शनिबार घिसिङको समर्थनमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ १७:०६
प्रतिक्रिया दिनुहोस्