site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारी छानबिन समितिले सुमेरु सहकारीका सिंहसँग लियो बयान
Dabur Nepal
NIC Asia

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसँग सोमबार पनि बयान लिएको छ । 

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सुमेरु बचत तथा ऋण सहकारी संस्थामा आवद्ध राजबहादुर सिंहसँग बयान लिएको हो । समितिको कार्यादेशमा रहेको समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका सहकारी संस्थामध्ये उक्त सहकारी अनुसूची २ को आठौँ नम्बरमा रहेको छ । सो क्रममा समितिले बचतकर्ताको रकम हिनामिनाबारे प्रश्न गरेको थियो । जवाफमा सिंहले बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए । 

सहकारी हिनामिना प्रकरणमा जोडिएका अन्यसँग पनि छलफल गरेर निष्कर्षमा पुग्ने समितिको तयारी छ । छलफलका साथै समितिले प्रतिवेदन मस्यौदाको कामलाई पनि अघि बढाएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro