site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चर्च ब्वाइजका लागि भुटानको पारो चुनौती

काठमाडौं । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले मंगलबार एएफसी च्यालेन्ज लिग प्लेअफमा भुटानको पारो एफसीको चुनौती सामना गर्दै छ ।

यी दुईबीच मंगलबार साँझ ६ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदै छ । तीनपटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ । नेपाली घरेलु लिगमा नै सफल विलियम ओपोकीलगायत चर्चित खेलाडी पारोले यही प्रतियोगिताका लागि भित्राएको छ । यद्यपि, चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य छन् । त्यसैले, मंगलबार चर्च ब्वाइजले भुटानी प्रतिद्वन्दीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ ।  

करिब एक महिनादेखि चर्च ब्वाइजले यो प्रतियोगिताको तयारी गरेको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने विश्वास चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनलाई छ । तीन हप्ताभन्दा बढी समय भएकाले टिमको सन्तुलन मिलेको उनी बताउँछन् । खेलाडीले आफ्नो क्षमता र रणनीतिअनुरूप खेल्नसके घरेलु समर्थकलाई सुखद् नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

पारोले अहिले भुटानमा लिग खेलिरहेको छ । लिगमा पारो शीर्ष स्थानमा छ । उनीहरूबीच राम्रो तालमेल पनि मिलेको छ । साथै चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्राउँदै थप बलियो बनाएको छ । एएफसीले विदेशी खेलाडी अनुवन्धनमा सहज बनाएपछि पारोमा ११ विदेशी खेलाडी छन् । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro