site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अनर एक्स६बी नेपालभर उपलब्ध, मूल्य १६ हजार, कस्ता छन् फिचर ?

काठमाडौं । अनर एक्स६बी नेपालभर उपलब्ध भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले देशभर फोन उपलब्ध भएको बताएको छ ।

“अख्खा ब्याट्री, अख्खा फिचर्स” ट्यागलाइन रहेको फोनको ब्याट्री लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ ।

के छन् फिचर

Dabur Nepal
NIC Asia

एकपटक चार्ज गर्दा दुई दिन टिक्ने दाबी गरिएको अनर एक्स६बीमा मिडियाटेक हेलिये जी८५ चिप  छ ।

५२०० एमएएचको ब्याट्री रहेको फोनको दश प्रतिशत चार्ज रहँदा ब्याट्रीले १९ घण्टा स्ट्यान्डबाइ समय दिने जनाएको छ ।

३५डब्ल्यू अनर सुपरचार्ज प्रविधि रहेको फोनमा टर्बो चार्जिङ मोड छ ।

दश मिनेटमा २० प्रतिशत चार्ज हुने अनर एक्स६बी एक हजार चार्ज साइकलपछि पनि ब्याट्रीको क्षमता ८० प्रतिशत रहने कम्पनीको दाबी छ ।

अनर एक्स६बी  ६ देखि १२ जीबीसम्म बढाउन मिल्ने र्‍याम  र १२८ जीबी स्टोरेज छ । फोनमा ५० मेगापिक्सेलको एआई अल्ट्रा–क्लियर क्यामेरा छ । अगाडि भने पाँच मेगापिक्सेलको क्यामेरा छ ।

फोनमा ९० हर्ट्ज उच्च रिफ्रेस दरको ६.५६ इञ्चको क्लियर डिस्प्ले छ । सनलाइट मोडमा ७८० निट्ससम्मको  ब्राइटनेस रहेको कम्पनीले जनाएको छ ।

फोन खस्दा समेत सुरक्षा प्रदान गर्ने प्रविधि छ ।

कति छ मूल्य ?

तीन रंगमा उपलब्ध अनर एक्स६बीको ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको भेरियन्टका मूल्य १६ हजार ९९९ रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro