साहित्य
काठमाडौं । साहित्यकार डा. पुरण राईले आफ्नी आमाको नामबाट हरेक वर्ष प्रदान गर्ने गरी ‘मौलशोभा राई आमा सम्मान’को घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. राईले साहित्य, कला, संस्कृति, अर्थ र राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिका आमालाई उक्त सम्मान प्रदान गरिने जानकारी गराए । सम्मानका साथ नगद राशि ५० हजार रुपैयाँ समेत प्रदान गरिने उनले बताए ।
०८१ सालको ‘मौलशोभा राई आमा सम्मान’ कवि, साहित्यकार दीपा राई पुनकी आमा विमला राई साम्पाङलाई प्रदान गरिने निर्णय भएको उनले जानकारी दिए । आउँदो कात्तिक २९ गते उक्त सम्मान प्रदान गरिने उनले बताए । डा. राईका पाँच पुस्तक प्रकाशित छन् ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्