site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस बैठकमा माग– ०८२ मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका चाहियो 
केन्द्रीय समिति बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । ०८२ मंसिरभित्र नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याइनुपर्ने माग गरिएको छ । सानेपामा जारी केन्द्रीय समिति बैठकमा यस्तो माग गरिएको हो । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले समयमै महाधिवेशन हुन्छ भन्ने ‘ग्यारेन्टी’ गर्न माग गरे ।

“नेपाली कांग्रेसको महाधिवेशन भएको तीन वर्ष पूरा हुने क्रममा छ । विधानतः २०८२ मंसिरभित्र १५औँ महाधिवेशन गर्न अब समयबद्ध कार्यतालिका ल्याउनु ढिलो गर्नु हुन्न‚” बैठकमा उनले भने ।

पार्टीमा युवापुस्ताको सहभागिताका विषयमा पनि उनले नेतृत्वको ध्यानाकर्षण गराए । “नयाँ पुस्ता आज तपाईं हामीप्रति आक्रामक छ, जसलाई हामीले चिनेर पनि नजरअन्दाज गरेका छौँ । यही पुस्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीहरूले सबैभन्दा बढी बहकाइरहेको छ । हो, यही कुराको उत्तर खोज्न पनि नयाँ पुस्तालक्षित कार्यक्रम अझ सार्थक र सघन रूपमा ल्याउनुपर्दछ‚” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro