राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने भ्रमणमा रहेका उनले आइतबार सिंहदरबारमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
मिश्री आइतबारै बिहान काठमाडौं आइपुगेका थिए । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ १६:१२
प्रतिक्रिया दिनुहोस्