site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिक : चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा 

पेरिस । पेरिस ओलम्पिकमा शनिबारसम्म चीन ३९ स्वर्ण, २७ रजत र २४ कांस्य जित्दै ९० पदकसहित अंकतालिकामा शीर्ष स्थानमा छ । अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा छन् ।

दोस्रो स्थानको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्यसहित कुल १२२ पदक जितेको छ । अस्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ कांस्यसहित कुल ५० पदक जित्दै अहिलेसम्म तेस्रो स्थान हासिल गरेको छ ।

यस्तै, चौथो स्थानको जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जितेको छ । पाँचौँ स्थानको फ्रान्सले १६ स्वर्ण, २४ रजत र २२ कास्यसहित कुल ६२ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको बेलायतले १४ स्वर्ण, २२ रजत र २७ कांस्यसहित कुल ६३ पदक जितेको छ । दक्षिण कोरिया १३ स्वर्ण, आठ रजत र नौ कास्यसहित ३० पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानको नेदरल्यान्ड्सले १३ स्वर्ण, सात रजत र १२ कास्यसहित कुल ३२ पदक जितेको छ । १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित कुल ३१ पदक जित्दै जर्मनी नवौँ स्थानमा छ । इटाली ११ स्वर्ण, १३ रजत र १५ कास्यसहित कुल ३९ पदक जितेर शीर्ष १० मध्ये अन्तिम स्थानमा छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro