site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिक–२०२४ : फ्रान्सलाई हराउँदै स्पेनले जित्यो पुरुष फुटबलको स्वर्ण

काठमाडौं । फाइनलमा घरेलु टिम फ्रान्सविरुद्ध ५–३ को जित निकाल्दै स्पेनले पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।

शुक्रबार राति भएको खेलमा स्पेनलाई जित दिलाउन फेर्मिन लोपेज र सर्जियो कामेलोले समान दुई गोल गरे । एलेक्स बाइनाले एक गोल थपेका थिए । फ्रान्सबाट एन्जो मिलोट, मघ्नेस अक्लिओच र जेन फिलिप मटेटाले समान एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

खेलको पहिलो अग्रता भने फ्रान्सले बनाएको थियो । मिलोटले ११औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रतामा राखेका थिए । तर, १८औँ मिनेटमा लोपेजले गोल गर्दै स्पेनलाई बराबरीमा फर्काए । २५औँ मिनेटमा लोपेजकै गोलमा स्पेनले अग्रता दोब्बर बनायो ।

२८औँ मिनेटमा बाइनाले गोल गरेपछि स्पेनले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो ।

अक्लिओचले ७९औँ मिनेटमा गोल गर्दै फ्रान्सले स्पेनको अग्रतालाई ३–२ मा झारेको थियो । इन्जुरी समयमा मटेटाले गोल गरेपछि फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–३ को बराबरीमा फर्काएको थियो ।

Spain-Ol-1723274903.jpg
तर, अतिरिक्त समयमा स्पेनले दुई गोल गरेपछि घरेलु समर्थकमाझ स्वर्ण चुम्ने फ्रान्सको लक्ष्य पूरा हुन पाएन । १००औँ मिनेटमा कामेलोले स्पेनका लागि चौथो गोल गरे । यस्तै, अतिरिक्त समयको इन्जुरी समयमा कामेलोले नै दोस्रो गोल गरेपछि स्पेनले ५–३ को जित निकालेको हो ।

स्पेनले यसअघि टोकियो ओलम्पिक २०२० मा पुरुष फुटबलतर्फ रजत पदक जितेको थियो । ओलम्पिकको इतिहासमा स्पेनले दोस्रो पटक पुरुष फुटबलतर्फ स्वर्ण जितेको हो । स्पेनले यसअघि सन् १९९२ मा भएको बार्सिलोना ओलम्पिकमा स्वर्ण जितेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro