site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यार्थी नेताको चेतावनीपछि बंगलादेशका प्रधानन्यायाधीशले गरे बैठक स्थगित

काठमाडौं । विद्यार्थी नेताहरूको चेतावनीपछि प्रधानन्यायाधीश ओबेदुल हसनले सर्वोच्च अदालतको पूर्ण बैठक स्थगित गरेका छन् ।

ढाका ट्रिब्युनका अनुसार सर्वोच्च अदालतका जनसम्पर्क अधिकृत शफिकुल इस्लामले बैठक स्थगित भएको पुष्टि गरेका छन् ।

प्रधानन्यायाधीशले अहिलेको अवस्थामा अदालतको काम कारबाहीलाई कसरी व्यवस्थित गर्नेसहितका विषयमा छलफल गर्न बिहान साढे १० बजे अदालतको पूर्ण बैठक बोलाएको बताइएको छ ।

तर, बैठकअघि विद्यार्थी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अदालतको पूर्ण बैठक स्थगित गर्न अल्टिमेटम दिएका थिए।

पूर्ण अदालतको बैठकमा सामान्यतया न्यायपालिकाको प्रशासनिक गतिविधिसहितका विषयमा छलफल हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro