site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशका विद्यार्थी नेताले प्रधानन्यायाधीशलाई दिए चेतावनी, अदालत घेर्न आह्वान
फाइल तस्बिर ।

काठमाडौं । कोटा प्रणालीको भेदभावविरुद्धको विद्यार्थी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीश ओबेदुल हसनको राजीनामा माग गरेका छन् । अन्तरिम सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका उनले प्रधानन्यायाधीशलाई कुनै प्रकारकको ‘षड्यन्त्र’ नगर्न चेतावनी पनि दिएका छन् ।

उनले शनिबार फेसबुकमा पोस्टमार्फत भनेका छन्,"फासीवादलाई समर्थन गर्ने र विभिन्न कूकर्ममा संलग्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशले सरकारसँग परामर्श नगरी अदालतको पूर्ण बैठक बोलाएका छन् । परास्त शक्तिको कुनै पनि षड्यन्त्र सैह्य छैन ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच, आन्दोलनकै अर्को संयोजक हसनत अब्दुल्लाले फेसबुक लाइभमार्फत समर्थकहरूलाई उच्च अदालत घेराउ गर्न आह्वान गरेका छन् ।

उनले उच्च अदालततर्फ मार्चको आह्वान छन् ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्