site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिने ओखलढुंंगाका फुरिङ्जी शेर्पा पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । ओखलढुंगामा आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पा छन् । उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार शेर्पाले आफ्ना चार वर्षीय र सात वर्षीय छोरालाई अमानवीय तरिकाले यातना दिएका थिए ।

जसमध्ये एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा तामाको भाँडो आगोमा तताएर त्यसभित्र बालकलाई राखिएको देखिन्छ ।

त्यस्तै, खुट्टासमेत बाँधेर टाउको तल पारेर यातना दिइएको छ । उक्त भिडियो जीवन लिम्बुको फेसबुक पेजबाट पोस्ट भएको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro