site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वार्षिक १० अर्ब २३ करोड युनिट विद्युत् खपत, प्रतिव्यक्ति खपत चार सय युनिट 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत्को खपत उल्लेखनीय रूपमा बढेको बताएका छन् ।

शुक्रबार दोस्रो कार्यकाल सुरु गरेको तीन वर्ष पुगेको अवसरमा विद्युत् प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड युनिट विद्युत् खपत पुगेको छ ।” 

कार्यकारी निर्देशक घिसिङका अनुसार प्रतिव्यक्ति उर्जा खपत १३१ युनिटबाट बढेर ४०० युनिट पुगेको छ ।

देशलाई समृद्ध बनाउने अभियानमा सफलता मिलेको उनले दाबी गरे । देशमा पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुँदा विद्युतीय सवारीसाधनको प्रयोग पनि बढेको बताए ।

“विद्युतिय सवारी साधनलाई प्रवर्द्धन गर्न प्राधिकरणले आफैँ ६२ वटा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ,” उनले भने । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro