site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युनुसले लिए बंगलादेशको अन्तरिम सरकार प्रमुखको शपथ

काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका छन् । बिहीबार राति राष्ट्रपति निवास बंगभवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनबाट उनले शपथ लिएका हुन् ।

युनुस स्थानीय समयअनुसार बेलुका ८ः२५ बजे बंगभवन परिसर पुगेका थिए । बंगभवन बाहिर पर्खिरहेको भिडले उनलाई स्वागत गरेको थियो ।

शपथ समारोहमा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, व्यापारी र पूर्वविपक्षी दलका सदस्यहरू उपस्थित । तर, शेख हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि उपस्थित थिएनन् ।

समारोहमा बेलायत, जापान, चीन, फिलिपिन्स, इरान, अर्जेन्टिना, कतार, नेदरल्यान्ड्स र युएईका कूटनीतिज्ञहरू सहभागी थिए ।

हसिना नेतृत्वको अवामी लिग सरकारको पतनपछि बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा युनुशले शपथ लिएका हुन् ।

उनी आझै दिउँसो  ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । जहाँ युनुसलाई प्रधानसेनापति जनरल वाकर–उज–जमानलगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro