site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छानबिन समितिबाट रवि लामिछाने, जीबी राईजस्ता 'राष्ट्रिय ठग'ले मुक्ति पाउने छैनन् : महेश बस्नेत
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले साना दलहरूको नाममा भइरहेको च्याँखे प्रवृत्तिलाई रोक्न संविधान संशोधन गर्न लागिएको बताएका छन् ।

बिहीबार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाइ गर्न आयोजना गरेको कार्यक्रममा उनले देशमा राजनीतिक स्थिरता दिन कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको बताए ।

Dabur Nepal
NIC Asia

उनले एमाले र कांग्रेस चुनावअघि अन्य दलहरूसँग सहकार्य नगर्ने कुरामा प्रतिबद्ध भएको पनि बताए । निर्वाचनसँग सम्बन्धित कानुनहरूलाई संशोधन गरेर जाने बताउँदै उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

उनले भने, "मूलभुतरूपमा साना दलहरूको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरूलाई नियन्त्रण गर्नुपर्छ । कमसेकम एमाले र कांग्रेस चुनावअघि अन्य दलहरूसँग सहकार्य नगर्ने र संविधानलगायत निर्वाचनसँग सम्बन्धित कानुनहरूलाई संशोधन गरेर जाने र मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन दिने कुरामा प्रतिबद्ध भएर लागेका छौँ," उनले भने ।

यस्तै, उनले सहकारी प्रकरणदेखि अनेक खाल प्रकरणलाई ठाकछोप गरेर आफू बच्न रवि लामिछानेले गृह मन्त्रालय रोजेको आरोप लगाए ।

"त्यो बन्ने क्रममा उनले फाइल खोल्ने होइन कि फाइल सोझ्याउने, थन्क्याउने कुरामा उनको भूमिका रह्यो । पछिल्लो समय बेचन झालाई पक्राउ गरिसकेपछि श्याम ज्ञवालीमार्फत प्रहरीमा विद्रोह गराएर वर्तमान आईजीपीलाई अमेरिका गएकै बेलामा निलम्बन गरेर श्याम ज्ञवालीलाई आईजीपी बनाएर कांग्रेसका नेताहरूलाई गिरफ्तार गर्ने सम्मका योजना बनाएको एक्स्पोज भएपछि उनलाई कांग्रेस धेरै नै रिसाएको जस्तो देखिन्छ," उनले भने ।

संसदीय छानबिन समितिले सही प्रतिवेदन ल्याउँदा रवि लामिछाने, जीबी राईजस्ता सहकारीका 'राष्ट्रिय ठग'हरू यसबाट मुक्ति नपाउने उनको दाबी छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu