site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रिक्सन र सुस्मिता आईटीएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी 

काठमाडौं । वाग्मती प्रदेशका रिक्सन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आईटीएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

नेपाल आईटीएफ तेक्वान्दो महासंघले आफ्नो २७औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसँगै प्रशिक्षक र जिल्लालाई पुरस्कृत गरेको हो । 

कोसीकी सजिना तामाङ यस वर्षको उदीयमान खेलाडीका रूपमा पुरस्कृत भइन् । महासंघले आफ्नो २७औं स्थापना दिवसका अवसरमा मानव सेवा आश्रममा खाना खुवाउने, रक्तदान गर्ने र सरसफाइलगायत गतिविधि गरेको महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिए । 

महासंघले अन्तिम दिने भने वर्षभर उत्कृष्ट योगदान दिने खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई पुरस्कृत गरेको हो । यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड लुम्बिनीका कृष्ण थापामगरले प्राप्त गरे । महासंघले उदीयमान प्रशिक्षकका रूपमा मनोज पुलामी मगरलाई पुरस्कृत गरेको छ । 

उत्कृष्ट प्रदेश लुम्बिनी र उत्कृष्ट जिल्ला काठमाडौंले प्राप्त गर्‍यो । अवार्ड प्राप्त गर्ने खेलाडीलाई नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य अन्जन धमला र महासंघका अध्यक्ष कार्की लगायतले पुरस्कृत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro