site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओलम्पिकमा अयोग्य ठहर भएपछि फोगटले लिइन् सन्न्यास 

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को स्वर्ण पदक भिडन्तअघि अयोग्य ठहर भएपछि भारतीय रेस्लर भिनेस फोगटले सन्न्यासको घोषणा गरेकी छन् । 

उनले बुधबार स्वर्ण पदकका लागि खेल्ने तालिका थियो । तर, खेलको केही समयअघि मात्रै ओलम्पिक कमिटीले फोगटको तौल बढी रहेको भन्दै अयोग्य ठहर गरेको थियो । फाइनलमा अमेरिकी रेस्लर सराह हिल्डेब्रान्ड्टसँग खेल्ने तय भए पनि १०० ग्राम तौल बढी पाइएपछि फोगटलाई अयोग्य घोषणा गरिएको हो । 

Dabur Nepal
NIC Asia

अन्तिम समयमा अयोग्य ठहर भएपछि फोगटले सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेकी हुन् । “रेस्लिङले जित्यो र मैले हारे । मेरो सपना चकनाचुर भएको छ । मसँग अरु शक्ति छैन,” फोगटले एक्समा लेखेकी छन्, “गुडबाइ रेस्लिङ २००१–२००२४ । मसँगै तिमीप्रति ऋणी रहने छु । मलाई माफ गरिदेउ ।” 

फोगट अयोग्य भएपछि उनको स्थानमा क्युवाकी युस्नीलिज गुजमन लोपेजले फाइनल खेलेकी थिइन् । फाइनलमा लोपेजलाई ३–० ले हराउँदै हिल्डेब्रान्ड्टले स्वर्ण जितेकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro