site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणले प्रमाण दिन लागेपछि चार उद्योगले बुझाए बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवाद चर्किरहेका बेला चार उद्योगको बक्यौता रकम तिरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यशोदा फुड्स, जयदुर्गा प्लास्टिक, सोना प्योकजिङ र सोना पोलिमर्सले डेडिकेटेड र ट्रंकलाइन बापत खपत गरेको बिजुलीको बक्यौता तिरिएको हो ।

यशोदा फुट्सले चार लाख २५ हजार २३१, जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६६ र सोना इन्ड्रस्टिजले तीन लाख ४६ हजार ३८९ रुपैयाँ तिरेको प्राधिकरणले जनाएको छ ।

२५ प्रतिशत जरिवानासहित ०७२ माघदेखि ०७५ वैशाखसम्म प्रयोग गरेको बिजुलीको बक्यौता उद्योगीले तिरेका प्राधिकरणले जनाएको छ ।

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा संसद्को सार्वजनिक लेखा समितिले प्राधिकरणसँग प्रमाण मागिरहेका बेला उद्योगीले बक्यौता तिर्न थालेका हुन् । लेखा समितिमा यसअघि तीनपटक छलफलपछि त्यसबारे प्राधिकरणसँग सबै प्रमाण मागिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro