site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

लोकतन्त्रलाई चरितार्थ गर्न संघीयता उत्तम उपायमध्येको हो । तर, नेपालमा भने यसको अभ्यासलाई संघीयताका शत्रुहरूले आरम्भदेखि नै विकृत बनाए । विडम्बना, संघीयताबाट सबैभन्दा बढी लाभान्वितहरू नै यसका ठूला शत्रु हुनपुगेका छन् ।

संघीयताको विरोध गर्नेहरूमध्ये केहीले राज्यको एकात्मक चरित्र कायम नरहे राष्ट्रियता नै खतरामा पर्छ भन्ने तर्क गरेका थिए । अरू धेरैले संघीयताबाट बढ्ने खर्च नेपालजस्तो गरिब मुलुकले धान्न नसक्ने तर्क दिने गरेका छन् ।

संघीयताको कार्यान्वयनले राष्ट्रियता सङ्कटमा पर्छ भन्ने तर्क अब गलत सिद्ध भइसकेको छ । यसैले संघीयता विरोधीहरूले खर्चले धान्न नसक्ने तर्कमा जोड दिनथालेका छन् भने प्रदेश सरकारहरू नै तिनको तर्क सही साबित गर्ने होडमा  लागेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मधेस प्रदेशको सरकार सधैँजसो विभिन्न विवादमा पर्ने गरेको छ । भ्रष्टाचारका घटना पनि अरू सबै प्रदेशमा भन्दा मधेसमै बढी भएका छन् । हुँदाहुँदा मन्त्रीको सङ्ख्या बढाउने होडमा पनि मधेस प्रदेशको सरकारले सबैलाई उछिन्न पुग्यो ।

जनमत पार्टीको नेतृत्वमा गठित मधेस प्रदेश सरकारमा अहिले ८ जनाराज्यमन्त्रीसहित गरी मन्त्रीको सङ्ख्या २० जना पुर्‍याइएको छ । अरू प्रदेशमा मन्त्रीको संख्या अपेक्षाकृत बढी नै  देखिन्छ तर मधेस प्रदेशको यो सङ्ख्याको औचित्य कुनै पनि तर्कबाट सिद्ध हुँदैन । 

मधेस प्रदेशमा सरकारको नेतृत्व गर्ने जनमत पार्टीका अध्यक्षले गठबन्धन सरकार हुनाले दुई ठूला पार्टीले मन्त्री र मन्त्रालयको सङ्ख्या निर्धारण गरेको सार्वजनिक स्पष्टीकरण दिएका छन् । आफूले अनुचित सङ्ख्या बढाएर अरूलाईमात्र दोष दिनु  लबस्तरो प्रवृत्ति हो ।

मुख्यमन्त्री असहमत भएका भए दुई ठूला दलले मात्रै पनि यसरी औचित्य सिद्ध नहुनेगरी मन्त्रीको सङ्ख्या बढाउन पक्कै सक्ने थिएनन् । सत्ताको लोभमा जे पनि गर्न तयार नभएको भए मुख्यमन्त्रीले सङ्ख्या नथप्ने अडान लिन सक्थे ।

मन्त्रीको सङ्ख्या बढाउन नमानेकै कारण नेपाली कांग्रेस र नेकपा (एमाले)ले उनलाई हटाएका भए सबै दोष उनीहरूमाथि नै जाने थियो । त्यसले जनतामा जनमतको लोकप्रियता बढ्न सक्थ्यो । यसैले गठबन्धनका कारण मन्त्रीको सङ्ख्या बढेको भन्नु फितलो कुतर्कमात्रै हो ।

संघीयताविरुद्धको जनमत बढ्न नदिने हो भने प्रमुख राजनीतिक नेतृत्वले बेलैमा सोच्नुपर्ने देखिन्छ । विशेषगरी प्रदेशलाई कार्यकर्तालाई जागिर खुवाउने थलो ठान्न छाड्नुपर्छ । प्रदेश सरकारमा पुगेकाहरूले पनि आर्थिकरूपमा समेत औचित्य सिद्ध गर्न सक्नुपर्छ । 

अहिले त संघीयताको विरोध गर्नेहरू नभएर  समर्थक र लाभान्वितहरू नै यसकासबैभन्दा ठूला शत्रु सिद्ध भएका छन् । सत्तारुढ दलका शीर्ष नेताहरूको सोच बदलिएन भने संघीयता समाप्त पार्ने मूल कारणी उनीहरू नै हुनपुग्ने देखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro