विदेश
ढाका । बंगलादेशका नयाँ सरकार प्रमुख डा. मुहम्मद युनुस बिहीबार (आज) दिउँसो ढाका आइपुगेका छन् । उनी यूएईबाट स्थानीय समयअनुसार दिउँसो २ बजेर १० मिनेट जाँदा बंगलादेशमा अवतरण भएका हुन् ।
बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले गएको सोमबार राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि युनुसको नेतृत्वमा केयर टेकर सरकार बनाउने सबै पक्षको सहमति बमोजिम कार्यभार सम्हाल्न उनी ढाका आएका हुन् । उनले आजै शपथ लिने जनाइएको छ । एजेन्सी
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१ १४:२३
प्रतिक्रिया दिनुहोस्