site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेरिस ओलम्पिक : पदक तालिकाको शीर्ष स्थानमा अमेरिका कायमै

काठमाडौं । पेरिस ओलम्पिक–२४ को १३औँ दिन पनि अमेरिका पदक तालिकाको शीर्ष स्थानमा यथावत् छ । प्रतियोगितामा बिहीबारका खेलहरू जारी रहँदा अमेरिका २७ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले ३५ रजत र ३२ कास्यसहित कुल ९४ पदक जितेको छ । 

तालिकाको दोस्रो स्थानको चीनले २५ स्वर्ण पदक जितेको छ । कुल ६५ पदकमा कब्जा जमाएको चीनले २३ रजत र १७ कास्य चुमेको छ । तेस्रो स्थानको अस्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कास्यसहित कुल ४१ पदक जितेको छ । चौथो स्थानको फ्रान्सले १३ स्वर्ण पदक जितेको छ । 

फ्रान्सले १७ रजत र २१ कास्य पदकसहित कुल ५१ पदक जितेको छ । यो सूचीको पाँचौँ स्थानमा ब्रिटेन छ । ब्रिटेनले १२ स्वर्ण, १७ रजत र २० कास्यसहित ४९ पदक जितेको छ । छैटौँ स्थानको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात कास्यसहित २७ पदक जितेको छ । सातौँ स्थानको जापानले पनि १२ स्वर्ण जितेको छ । 

कुल ३१ पदक जितेको जापानले ६ रजत र १३ कास्य जितेको छ । आठौँ स्थानको इटालीले नौ स्वर्ण, १० रजत र आठ कास्यसहित २७ पदक जितेको छ । यो सूचीको नवौँ र १०औँ स्थानमा नेदरल्यान्ड्स र जर्मनी छन् । नेदरल्यान्ड्सले नौ स्वर्ण, पाँच रजत ६ कास्यसहित २० पदक र जर्मनीले आठ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित १८ पदक जितेको छ । प्रतियोगिताको १३औँ दिनसम्म ५३ देशले स्वर्ण पदक जितेका छन् । यस्तै, ४९ देशले रजत र ६२ देशले कास्य जितेका छन् ।

Table-1723105206.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro