site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रहेनन् पश्चिम बंगालका अन्तिम कम्युनिस्ट मुख्यमन्त्री

कोलकाता । भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको ८० वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनी केही दिनदेखि अस्वस्थ थिए ।

उनी सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बंगालका सातौँ मुख्यमन्त्रीका रूपमा काम गरेका थिए । उनकै कार्यकालपछि पश्चिम बंगालमा ३४ वर्षदेखि जारी कम्युनिस्ट शासन सकिएको थियो । उनी ज्योति बसु मुख्यमन्त्रीबाट हटेपछि सो पदमा गएका थिए । उनी मुख्यमन्त्रीबाट निस्कँदा कोलकाताको बल्लीगन्जको पाल्म एभिन्युमा दुई कोठे अपार्टमेन्ट मात्रै थियो ।

उनको निधनप्रति हालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख प्रकट गरेकी छन् । उनले परिवारका सदस्यहरूलाई समवेदना समेत प्रकट गरेकी छन् । उनी भारतका चर्चित कम्युनिस्ट नेता हुन् । उनी भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी)का पोलिटब्युरो सदस्य हुन् । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro