देश

महोत्तरी । भारततर्फ गाँजा तस्करी गर्न लागेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । ६११ किलोग्राम गाँजासहित पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ बाट बुधबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको हो ।
बिहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनीषकुमार गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।
मिनिट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग गरिएको सवारीसाधनलाई पनि नियन्त्रणमा लिइएको छ । रासस
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१ ११:१२
प्रतिक्रिया दिनुहोस्