site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एउटै सिनेमामा काम गर्दै यी तीन नायिका 
Tiktok banner adTiktok banner ad

काठमाडौं । एउटै चलचित्रमा तीन नायिकाले स्क्रिन सेयर गर्ने भएका छन् । केकी अधिकारी, उपासना सिंह ठकुरी र सिर्जना नापितले एउटै चलचित्रमा काम गर्ने भएका हुन् । 

निर्देशक दीपेन्द्र के खनालको आग्रहलाई स्वीकार गर्दा तीन नायिका एउटै सिनेमामा देखिने भएका छन् । 

यही शुक्रबारदेखि छायांकनमा जान लागेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा यी तीन नायिकाले काम गर्न लागेका हुन् । तीनैजनासँगै निर्माणपक्षले कागजी सम्झौता गरिसकेको निर्देशक खनालले जानकारी दिए । 

यो चलचित्रमा स्टार कलाकारहरूको जमघट हुने भएको छ । मुख्य अभिनेताहरूमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन् । 

‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि केकीले खेल्न लागेको यो पहिलो चलचित्र हो । 

दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको चलचित्रको कथा वुद्धिसागरले लेखेका हुन् । चलचित्रको छायांकन काठमाडौंमा हुनेछ । 

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

सिर्जना नापित हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro