site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दे अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेकामा सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा केही दिनअघि टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट चार लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

Royal Enfield Island Ad

थप अनुसन्धान गर्दा यादव, सुवेदी र भुजेलसमेतको मिलोमतोमा जग्गा हालसाबिक गर्न गराउनको लागि सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

दायर गरिएको मुद्दामा उनीहरूसँग चार लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro