site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला फुटबलको स्वर्णका निम्ति ब्राजिल र अमेरिका भिड्ने 

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत महिला फुटबलतर्फको स्वर्ण पदकका निम्ति ब्राजिल र अमेरिका भिड्ने भएका छन् । मंगलबार राति भएको सेमिफाइलनमा स्पेनलाई ४–२ ले हराएसँगै ब्राजिलले स्वर्ण पदकका लागि अमेरिकासँगको भेट पक्का गरेको हो । 

खेलमा स्पेनकी पाराडेजको आत्मघाती गोलबाट छैटौँ मिनेटमा ब्राजिलले अग्रता बनाएको थियो । पोर्टिल्होले ४५औँ मिनेटमा अर्काे गोल थप्दा ब्राजिलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ७१औँ मिनेटमा एड्रिनाले तेस्रो गोल गरिन् । 

स्पेनको लागि ८५औँ मिनेटमा साल्मा पारालुइलोले गोल गरिन् । इन्जुरी समयमा केरोलिनले पुनः ब्राजिलको लािग चौथो गोल गरेकी हुन् । पारालुइलोले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे पनि स्पेनको हार टार्न सकिनन् । 

अर्काे सेमिफाइनलमा जर्मनीलाई १–० ले पराजित गर्दै अमेरिकाले फाइनलमा स्थान बनाएको हो । स्वर्ण पदकको भिडन्त अगष्ट १० मा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro