site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘नमेटिने घाउ’को दोस्रो पोस्टरमा माधव नेपालसहित २० पात्र 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई प्राथमिकता दिएइको छ । पोस्टरमा कलाकार र ननएक्टरसहित २० जना फिचर्ड छन् । 

पहिलो पोस्टरमा प्रधानमन्त्री ओलीलाई केन्द्रमा राखिएको थियो । ओली  प्रधानमन्त्रीकै भूमिकामा छन् ।

अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेबाट प्रदर्शनमा आउनेछ । 

चलचित्रमा प्रधानमन्त्री ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ । 

एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् । 

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro